Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको १२.७५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, पुस २९ मा एजिएम हुने

अर्थ सरोकार

लाष्ट रिमाइन्डर :
कम्पनी : ज्योति विकास बैंक
लाभांश : १२.७५% बोनस
बुकक्लोज हुने मिति : बुधबार (पुस १६ गते)
लाभांश सुरक्षित गर्ने मिति : आज (मंगलबार, पुस १५ गते)
सभा हुने मिति : पुस २९ गते
विवरण :
ज्योति विकास बैंकको १२.७५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गते साधारण सभा बोलाएको बैंकले बुधबार (पुस १६ गते) देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । 
सभामा पेस हुने प्रस्तावहरु :
१२.७५% बोनस दिने,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, 
म्युचुअल फण्ड स्थापना गरी कोष प्रवद्र्धकको काम गर्न प्रबन्धपत्र संशोधन गरिने,
सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान ११ बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK