×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकद्वारा ‘टिच फर नेपाल’लाई ५ लाख बराबरको आर्थिक सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंकद्वारा ‘टिच फर नेपाल’लाई ५ लाख बराबरको आर्थिक सहयोग

१ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं – ज्योति विकास बैंकले टिचफर नेपालसँग सोमबार ५ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ​। बैंकले समाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिचफर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक​ र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गर्ने भएकाे हो​।
ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आर्थिक सहयोगको साथै बैंकले टिचफर नेपालको सहयोगमा बेलाबखत आफ्नो दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा पठाउने पनि प्रतिबद्धता गरेको छ​।
टिचफर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३०हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान​, गणित​, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ​। दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टिचफर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ​।
समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ​ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ​।
हाल बैंकले १०२ शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।
हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३१ अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्ब भन्दा बढि लगानी गर्न सफल भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: