
काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले १२.७५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । जसबाट कुल ३९ करोड ५२ लाख ५४ हजार ८४५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार पुग्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ ।
गत वर्ष ज्योतिले ८.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा लाभांश अनुपात बढेको देखिन्छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्