×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले दियो कालिका लघुवित्त र जनसेवी लघुवित्तलाई एकिकृत कारोबार गर्न अनुमति, कति पुग्छ चुक्ता पूँजी ?

PRIME CA

नेपाल राष्ट्र बैंकले दियो कालिका लघुवित्त र जनसेवी लघुवित्तलाई एकिकृत कारोबार गर्न अनुमति, कति पुग्छ चुक्ता पूँजी ?

६ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल राष्ट्र बैंक कालिका लघुवित्त र जनसेवी लघुवित्तलाई एकिकृत कारोबार गर्न अनुमति दिएको छ । कलिकाले जनसेवीलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त रहने गरि राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
मर्जरपश्चात बनेको संस्थाको प्रमुख कार्यकारी अधिकृत हाल कालिकाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले पाउने भएका छन् । संस्थाको अध्यक्षता जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने छन् भने पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिकाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ । 
स्याङ्जाको वालिङमा कन्द्रीय कार्यालय रहेको कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी पचास करोड, जारी पूँजीदश करोड असी लाख तथा चुक्ता पूँजी दश करोड असी लाख रहको छ भने पर्वतको कुश्ममाा रहेको जनसेवी लघुवित्तको अधिकृत पूँजी तीस करोड जारी पूँजी चौध करोड त्रिचालीस लाख तीस हजार र चुक्ता पूँजी पनि चौध करोड त्रिचालीस लाख तीस हजार रहेको छ । 
यी दुई संस्था गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पूँजी पचास करोड जारी तथा चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार बराबर पुग्नेछ । कुल शाखा संख्या ९६ पुग्नेछ । दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट १ अर्ब २० करोड कर्जा लिई कुल २ अर्ब ४८ करोड रुपैंया सदस्यहरुलाई लगानी गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: