×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले गर्यो एकैसाथ ६ नयाँ शाखा विस्तार

PRIME CA

कामना सेवा विकास बैंकले गर्यो एकैसाथ ६ नयाँ शाखा विस्तार

१४ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

रुपन्देही

काठमाडौं – कामना सेवा विकास बैंकले गत हप्ता मात्र ६ वटा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस्, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: