×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्नेमा कुलमान घिसिङको जोड ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्नेमा कुलमान घिसिङको जोड ! (भिडियो रिपोर्ट)

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताउनुभएको छ । 
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताउनुभयो । क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उहाँले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताउनुभयो ।
प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको समेत बताउनुभएको छ । माथिल्लो तामाकोशी सम्पन्न गरि छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: