×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले पायो ३० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंकले पायो ३० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ !

१ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०.२५% कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: