
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएका २७ वाणिज्य बैंकहरुमध्ये २५ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । एनसीसी र सेन्चुरी बैंक बाहेक सूचीकृत सबै बैंकले लाभांश घोषणा गरेका हुन् ।
सबैभन्दा धेरै लाभांश दिने बाणिज्य बैंकमा एनएमबि बैंक पहिलो स्थानमा परेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । सोमध्ये २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिएको छ ।
यस्तै दोस्रोमा भने नबिल बैंक रहेको छ । नबिलले आफ्ना सेयरधनीहरुलाई कुल ३४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेछ । तेस्रोमा कृषि विकास बैंक रहेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यसैगरी बढी लाभांश दिने बैंकमा सिद्धार्थ बैंक, ग्लोबल आइएमई, नेपाल बैंक,एभरेष्ट बैंक, हिमालयन बैंंक, एनआईसी एशिया बैंक, सानिमा, नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।
सुचिकृत वाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक लिमिटेड रहेको छ । यस बैंकले सेयरधनीहरुलाई जम्मा ६.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्