
का ठमाडौँ । उद्योग मन्त्री लेखराज भट्टले भारतबाट आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताउनुभएको छ । उहाँले उद्योगीहरुले चिनी उत्पादन महँगो बनाउने र किसानलाई उँखुको मूल्य नदिने प्रवृतिको अन्त्य गर्न आफुले काम गर्ने बताउनुभयो । आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री भट्टले नेपालका किसानले पाउने उखुको मूल्य भन्दा बढी भारतका किसानले पाउने भएपनि भारतमा उत्पादित चिनी सस्तो भएको बताउनुभयो । उहाँले त्यही चिनी ३० प्रतिशत भन्सार बुझाएर लयाउँदा समेत नेपालको भन्दा सस्तो पर्ने र नेपालमै उत्पादित चिनी सो भन्दा महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताउनुभयो । उद्योगीहरु इमान्दार नबन्दा विद्युत महसुल उठन नसकेको, उत्पादन बढ्न नसकेको तथा उखु किसानहरुले समयमा भुक्तानी नपाएको जस्ता समस्या आएको उहाँले बताउनुभयो ।
उहाँले उद्योगीहरुले आफ्ना समस्या पहिचान नगरी सरकारलाई काम गरेन भन्नु गलत भएको समेत बताउनुभयो । सरकारलाई आरोप लगाउनुभन्दा समस्या र त्यसको समाधान के हो दुवै लिएर मन्त्रालयमा आउन समेत उद्योगीहरुलाई मन्त्री भट्टले आग्रह गर्नुभयो । उहाँले उद्योगीहरुलाई उत्पादन सस्तो बनाउन तथा निर्यातजन्य वस्तुको उत्पादन बढाउन पनि आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्