
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताउनुभएको छ ।
चावहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफि दिने प्रवृतिका कारण उनीहरुमा डर हराएको र डर नै नभएपछि अराजकता बढेको बताउनुभयो । विश्वका अन्य मुलुकहरुमा काम नगर्नेलाई माफी भन्दा पनि दण्ड सजायबढी हुने भएको विकास पनि भएको तर हाम्रो देशमा त्यसको ठिक उल्टो भएका कारण निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । निर्माण सुरु भएको लामो समय वितिसक्दा समेत चाबहिल साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अबपनि काम नभए कडा कारवाही हुने बताउनुभयो ।
ढिला काम गर्ने प्रवृति, समुन्वयको अभाव, सहयोगित भावनाको कमीका कारण उक्त सडकखण्डमा ढिलाइ भएको भन्दै उहाँले चैत मसान्तभित्र सम्पन्न गर्न ठेकेदारर्लाइ भनेको बताउनुभयो । निर्माण सम्पन्न गर्न दिइएको समयसीमा कुर्दै काम गर्ने प्रवृति हाबी भएकोले कुनैपनि कामहरु गुणस्तरिय र समयमा सम्पन्न नहुने उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तिव्र ढंगले विकास गर्न अगाडी बढेको बताउनुभएको छ । सबै तहका जनप्रतिनिधिहरुर्लाइ साथमा लिएर संघीय सरकर रुग्ण आयोजनाहरुलाई यथासिघ्र सम्पन्न गर्ने योजनामा सरकार रहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्