×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ०.६२ अंकले घट्यो बजार, ५८ करोड ८६ लाख माथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार ०.६२ अंकले घट्यो बजार, ५८ करोड ८६ लाख माथिको कारोबार

१० पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.६२ अंकले घटेर ११६७.४१ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको १६ लाख ४१ हजार २११ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८६ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको कुल १३ करोड २२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनआईसी एशिया ऋणपत्र र कृषि विकास बैंकको भएको छ । 
यस्तै बैंकिङ, व्यापार, विकास बैंक र जीवन विमा बढेका छन् भने होटल्स, फाइनान्स, निर्जीवन बिमा, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह, अन्य, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फन्ड घटेका छन् । 
बुधबार सबैभन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर र हिमालयन पावर पाटनर कम्पनीले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: