×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २.४२ अंकले घट्यो बजार, ४१ करोड ९० लाख माथिको कारोबार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार २.४२ अंकले घट्यो बजार, ४१ करोड ९० लाख माथिको कारोबार !

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.४२ अंकले घटेर ११४९.६४ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको १२ लाख ८९ हजार १३४ कित्ता सेयर खरिद बिक्री हुँदा ४१ करोड ९० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । यस बैंकको कुल १२ करोड ३१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश प्राइम कमर्सियल बैंक र नेपाल बैंकको भएको छ । 
यस्तै व्यापार, होटल्स, हाइड्रोपावर, फाइनान्स, म्यानुफयाक्चर एण्ड प्रोडक्सन समूह र म्युचल फन्ड बढेका छन् भने बैंकिङ, विकास बैंक,  निर्जीवन बिमा, जीवन बिमा, माइक्रोफाइनान्सलगायतका अन्य उपसूचक घटेका छन् । 
बिहिबार सबैभन्दा धेरै नेपाल फाइनान्स, शिवम सिमेन्ट, महुली सामुदायिक लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै दिब्यश्वोरी हाइड्रोपावर र अरुण काबेली पावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: