×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले ३४% लाभांश पारित गर्न पुस २२ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

GLOBAL IME BANK

नबिल बैंकले ३४% लाभांश पारित गर्न पुस २२ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

१ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : नबिल बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २२ गते 
विवरण :
नबिल बैंकले ३४% लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस ७ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन र लाभांश पनि पाउने छन् ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर र बोनसमा लाग्ने करसहित २२% नगद लाभांश दिने,
प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने,
संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: