काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशन गर्न बैंकले बिक्री प्रबन्धकमा नक्सालको नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गलाई नियुक्त गरेको छ । सो सम्बन्धि दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट सीईओ सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले ‘१०.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र जारी गर्न लागेको हो । बैंकले १० वर्षे अवधि रहेकाे ऋणपत्रमा १०.५०% व्याज पाइने छ । बैंकले कूल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणतर्फबाट निष्काशन गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्