काठमाडौं । एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको छ । सर्वोच्च अदालतले मङ्सिर २२ गते पत्राचार गरी १५ दिनभित्र कर बुझाउन आदेश दिएकोमा ४ अर्ब ५० करोड रुपैयाँ मात्र बुझाएको हो ।
तर अदालतले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । एनसेल भने आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरी ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतको दाबी छ ।
एनसेलको किस्ताबन्दीमा कर तिर्ने प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।