×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्र स्थापना गर्न राष्ट्रिय वाणिज्य बैंकद्वारा ४० लाख आर्थिक सहयोग !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्र स्थापना गर्न राष्ट्रिय वाणिज्य बैंकद्वारा ४० लाख आर्थिक सहयोग !

२ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।
नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरेका छन् । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।
अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताएकी छन् । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. मीनराज पाठकले जानकारी दिए।
महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गरेका थिए । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: