×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् नेपाल इन्फास्ट्रक्चर बैंकको साधारणसभा, के-के प्रस्ताव भए पारित ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भिडियोमा हेर्नुहोस् नेपाल इन्फास्ट्रक्चर बैंकको साधारणसभा, के-के प्रस्ताव भए पारित ?

Artha Sarokar

३० मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले चालु आर्थिक वर्ष भित्र विदेशी वित्त बजारमा अफसोर्स बण्ड जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ । बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशी वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको अफसोर्स बण्ड जारी गरी विदेशी एक्सचेन्जमा सूचिकृत गर्ने बताउनुभएको हो । २०७५ फागुन २२ गते देखि औपचारीक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५-०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन् । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताउनुभयो ।
नेपाल इन्फास्ट्रक्चर बैंकले अहिले सम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी