×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्मकै ठुलाे आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आज साधारण सभा गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक…!

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हालसम्मकै ठुलाे आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आज साधारण सभा गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक…!

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा आज (आइतबार) हुँदैछ । पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ संचालनमा आएको उक्त बैंकको साधारण सभा आइतबार ४ बजेदेखि र्याडिसन होटलमा सुरु हुने भएको हो । 
बैंकले सभामा हालसम्मकै ठूलो साधारण सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्तावसहित सभा डाकेको हो ।
साथै सभाले आइपीओ निष्कासनको प्रस्तावसहित चुक्ता पुँजी वृद्धि गरी २० अर्ब पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित पनि गर्नेछ भने बैंकको चुक्ता पुँजीमा भएको वृद्धिसँगै बैंकको प्रबन्धपत्रमा संशोधन वा थप गर्नेछ । 
बैंकको नेतृत्व अनिल ज्ञवालीले गरिरहेका छन् । अनुज अग्रवाल अध्यक्ष रहेको यस बैंकका अन्य सञ्चालकहरुमा मुकुन्दप्रसाद पौड्याल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौड्याल छन् ।
यस बैंकमा सरकारको १०%, बिमा कम्पनीहरुको १८.९७%, वाणिज्य बैंकहरुको २०.८९%, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५%, व्यक्तिगत ४. ९९% तथा सर्वसाधारणको ४०% स्वामित्व रहनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: