×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ल्यूव आयलले ३०% नगद लाभांश पारित गर्न पुस २३ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA
GLOBAL IME BANK

नेपाल ल्यूव आयलले ३०% नगद लाभांश पारित गर्न पुस २३ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

३० मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल ल्यूव आयलले पुस २३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको उक्त सभा याक प्यालेस, पुलचोक ललितपुरमा बिहान ११ः३० बजे बस्ने भएको छ । 
सभामा कम्पनीले ३०% नगद लाभांश दिने विशेष प्रस्ताव पेस गरिनेछ । साथै, सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६–७७ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव रहेका छन् । 
कम्पनीले सभा प्रयोजनका लागि पुस १० गतेदेखि पुस २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । तसर्थ, पुस ९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: