Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन ! (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ – सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा जोडिन केन्द्रिय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले  बुधबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त क, ख, ग र घ बर्गका बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
राष्ट्र बैंकले सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ मा भएको व्यवस्था बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन दिएको छ।

यसअघि तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई भेटेर बैंकरहरुले दोहोरो कर तथा श्रम ऐनसँग बाझिएका केही प्रावधानलाई संशोधन गर्न आग्रह गरेका थिए । उक्त  प्रावधान संशोधन नहुँदा सामाजिक सुरक्षा कोषमा जान बैंकरहरुले इच्छा देखाएका थिएनन् ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जान निर्देशन जारी गरेसँगै अब बैंकहरु पनि अनिवार्य रुमपा जान लागेको देखिन्छ  ।


हेर्नुहोस् नेपाल राष्ट्र बैंकले जारि गरेको निर्देशन जस्ताको तस्तै :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK