×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराह्न २ बजे बोलकबोल हुने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराह्न २ बजे बोलकबोल हुने !

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले  ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले मंसिर १६ गते (सोमबार)दिउँसो २ बजे बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
केन्द्रिय बैंकले ९१ दिने अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। बिलको निष्कासन मंसिर १७ मंगलवार हुनेछ । बिल आगामी फागुन २० मा परिपक्व हुनेछ ।
सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गर्ने गर्छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: