
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ५.५३ अंकले बढेर ११६७.९५ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको १४ लाख ९१ हजार ०४४ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड २३ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको कुल १० करोड ६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश शिभम सिमेन्ट र सिद्धार्थ बैंक ऋणपत्रको भएको छ ।
यस्तै व्यापार, होटल्स, निर्जीवन बिमा, अन्य, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र जीवन विमा बढेका छन् भने बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रोपावर घटेका छन् ।
सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्