×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न, १६.८४% लाभांश प्रस्ताव पारित ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

नेपाल एसबिआई बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न, १६.८४% लाभांश प्रस्ताव पारित ! (भिडियो रिपोर्ट)

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । 
बैंकको आइतबार काठमाडौंमा बसेको २६ औं वार्षिक साधारणसभाले उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावमाथि छलफल गरी पारित गरेको हो । बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपैयाँ नगद लाभांश वितरण गर्र्ने भएको छ । त्यस्तै साधारणसभाले चुक्ता पूँजीमा ६ प्रतिशत अर्थात ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव समेत पारित गरेको छ । बैंकका अध्यक्ष बी.आर.एस सत्यनारायणले बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित लाभांश पारित गरिएको घोषणा गर्नुभयो ।
त्यस्तै साधारण सभाले स्वतन्त्र सञ्चालक तर्फ बिमला सुवेदीलाई नियुक्त गरेको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने तथा आवस्यक सहमति गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती गर्ने/गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कमहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: