
काठमाडौं । नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकको बचततर्फ र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक भएको हो । बैंकद्वारा सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।
हाल बैंकले विभिन्न ७ वटा मुद्दति निक्षेप खाता सञ्चालनमा ल्याएको छ भने २० किसिमका बचत खाताहरु संचालनमा रहेका छन् । जसमा बैंकले बचततर्फ सबैभन्दा बढी ५ प्रतिशत र सबैभन्दा कम २ प्रतिशत ब्याज दिने बैंकद्वारा सार्वजनिक भएको ब्याजदरमा उल्लेख छ ।
यस्तै बैंकले २१ किसिमका कर्जा दिँदै आएको छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा धेरै १६.६९ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट रियल स्टेट लोन, ल्याण्ड लोन लिँदा १६.६९ प्रतिशतसम्म ब्याज लाग्नेछ । साथै सर्ट ट्रम लोन, सेयर धितोकर्जा लिँदा १५.९४ प्रतिशत, शैक्षिक धितोकर्जा लिँदा १४.९४, होम लोन, अटो लोन, हायर पर्चेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्नेछ ।
असोज मसान्तमा बैंकको आधार दर ९.९४ प्रतिशत रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्