काठमाडौं – नेपाल दूरसञ्चार कम्पनीले आफ्नो सेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफबाट प्रति कित्ता ४५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अब साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । कम्पनीले लाभांश पारित गर्न पुस २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे साधारणसभा बोलाएको छ।सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्