×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १.९२ अंकले घट्यो बजार, कारोबार ४४ करोड २२ लाख माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार १.९२ अंकले घट्यो बजार, कारोबार ४४ करोड २२ लाख माथि

Artha Sarokar

१५ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १.९२ अंकले घटेर ११६६.०३ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको १३ लाख २ हजार ९८६  कित्ता सेयर खरिद बिक्री हुँदा ४४ करोड २२ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको कुल ६ करोड १७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश शिभम सिमेन्ट र हिमालयन डिस्टिलरीको भएको छ । 
यस्तै बैंकिङ, विकास बैंक, व्यापार, होटल्स, हाइड्रोपावर र माइक्रोफाइनान्स बढेका छन् भने  निर्जीवन बिमा, अन्य, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह,  फाइनान्स, जीवन विमा र म्युचुअल फन्ड घटेका छन् । 
सोमबार सबैभन्दा धेरै बिशाल बजार कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनी र युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी