काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५% छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता सीमित अवधिका लागि रहेकाे बैंकले जनाएकाे छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्