×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ : महानिर्देशक राजन पोख्रेल ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ : महानिर्देशक राजन पोख्रेल ! (भिडियो रिपोर्ट)

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताउनुभएको छ । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उहाँले प्रश्न गर्नुभयो । शनिबार रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक पोखरेलले पूर्ण क्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल देखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोरखेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताउनुभएको हो ।
२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।
साक्षत्कारमा तत्कालिन हवाई विभागका महानिर्देशक एवं पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भाग्य र आर्थिक उन्नतीसँग जोडिएको बताउनुभयो । नेपालको सामरिक महत्वसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमास्थल सुरक्षाको हिसाबले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
फास्टट्रयाक एयरपोर्ट निर्माण सरोकार समितिका रविराज दंगालले विमानस्थल निर्माण रोक्नका लागि चलखेल भइरहेको आरोप लगाउनुभएको छ । विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको खण्डमा नेपाल दशकौं पछाडी धकेलिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: