काठमाडौं – एनएमबि बैंकले पुस २४ गते २४औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा बैंकले ३५% लाभांश बितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१% बोनस सेयर र १४% नगद लाभांश प्रस्ताव पेस गर्ने भएको छ । बैंकले पुस ४ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् ।