×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली कागजातसहित दुई पक्राउ…!

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नक्कली कागजातसहित दुई पक्राउ…!

Artha Sarokar

२ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेईकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला पशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ । त्यसैगरि नक्कली नागरिकता बनाउन प्रयोग गरीने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता पमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बाँके भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताउनुयो । 
त्यसैगरि यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरीने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडी को फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी