
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम रहेका छन् । अख्तियारको टोलीले सूचनाको आधारमा मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्