Skip to content
LAXMI SUNRISE BANK

पेप्सी उत्पादक कम्पनी बरुण वेभरेज विरुद्ध एक अर्ब ९४ करोडको मुद्दा, नक्कली भ्याट विल विरुद्धको अहिलेसम्मकै ठूलो केश !

अर्थ सरोकार

काठमाडौं। पेप्सी उत्पादक कम्पनी बरुण वेभरेज विरुद्ध एक अर्ब ९४ करोडको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उक्त कम्पनी बिरुद्द मुद्दा दायर गरिएको आज  (बिहिबार) पत्रकार समेल्लन गरी जानकारी गराको हो।  विभागका महानिर्देशक दीर्घराज मैनालीले राजस्व ठगीको मुद्दा हालेको बारे जानकारी दिएका हुन्। 
विभागले अनुसन्धान गर्दा नक्कली भ्याट विलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको थियो। विभागले ६४ करोड ९६ लाख रुपैयाँको विगो दावी गरेको छ।  रकम असुलसहित विभिन्न व्यक्तिहरुलाई  तीन बर्ष कैदको माग गर्दै मुद्दा हालिएको हो। यो मुद्दा अहिलेसम्मकै ठूलो केश भएको बताइएको छ । 
बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरुबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको छ। विभागले संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई मुद्दा हालिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK