×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रथम गभर्नर हिमालय शमशेरको भित्तामा टांगिएको एउटा तस्विर जसलाई ८० लाख रुपैयाँको अफर आयो… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रथम गभर्नर हिमालय शमशेरको भित्तामा टांगिएको एउटा तस्विर जसलाई ८० लाख रुपैयाँको अफर आयो… (फोटो-कथा)

Artha Sarokar

१७ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तर्वार्ता सकिएपछि हिमालय समशेर जबराले हामीलाई आफ्ना भित्ताका पेन्टीङहरु देखाउनुभयो । हामी हेर्दै गयौँ । अन्तर्वार्तामा यसै पनि उहाँको लामो समयको अनुभव सुन्दै गर्दा मज्जा आएको थियो । हामी भित्तामा पेन्टीङमा भुल्यों । भित्तामा टाँसीएका पेन्टीङहरु देखाउंदै त्यो पेन्टीङ कहिले कहाँबाट ल्याएको पनि सुनाउनुभयो उहाँले ।
अन्तर्वार्ता गरिएकै कोठामा एउटा न्युड आर्ट देखाउँदै उहाँले भन्नुभयो, ‘यो पेन्टीङ मैले एक हजार डलरमा किनेर ल्याएको, अहिले ८० हजार डलरको अफर आएको छ ।’ ८० हजार डलर अर्थात ८० लाख नेपाली रुपैयाँभन्दा बढी । पेन्टीङको खुब सौखिन हुनुहुन्छ जबरा । उहाँमात्र होइन उहाँकि छोरी पनि पेन्टीङमा रुची राख्नुहुन्छ । उदाहरणका लागि यो तलको तस्विर उहाँकै छोरीले बनाउनुभएको हो । 
‘अनि यो तस्विरमा को हो ? चिन्नुभयो ?’ उहाँको प्रश्नमा हामीले पक्कै पनि तपाईं हुनुपर्छ भनेर जवाफ दियौं । नभन्दै हो रहेछ । यो तस्विर पनि उहाँलाई मनपर्ने पेन्टीङ मध्येको एक हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी