×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुषको जाडोमा घुम्न जाने होइन त पोखरा ? हुँदैछ यस्तो मेला ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

पुषको जाडोमा घुम्न जाने होइन त पोखरा ? हुँदैछ यस्तो मेला ! (भिडियो रिपोर्ट)

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना गरिने भएको हो । मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लागानीको सम्बद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने मेलाबाट गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी प्रदेशको व्यवसाय विस्तारको सम्भावना खोजी गर्ने उद्देश्य लिइएको छ ।
मेलामा हस्तकला, कृषि, सूचना तथा प्रविधि लगायतका क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । मेलामा विभिन्न होमस्टेहरुको समेत सहभागिता हुने भएकाले पर्यटकीय गन्तव्यहरुका बारेमा समेत जानकारी पाउन सकिनेछ । मेलाबाट १ करोड रुपैयाँ आम्दानी र खर्च हुने अनुमान आयोजकको छ । मेलाबाट बचत रकम उद्यमशीलता प्रवद्र्धन र व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: