Skip to content
LAXMI SUNRISE BANK

सर्लाहीको मलंगवामा प्रभु बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल २०१ पुग्यो

अर्थ सरोकार

सर्लाही

काठमाडौं – प्रभु बैंकले सर्लाहीको मलंगवामा आफ्नाे २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् ।

कार्यक्रममा निरसल साहले बैंकिङ्ग सेवा विस्तार अभियानबाट देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् ।
बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु प्रभावित हुने र बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK