काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा साना किसान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंक, जानकी फाइनान्स र युनाइटेड फाइनान्स रहेको छ ।
साना किसान लघुवित्तको २७.२५% बोनस सेयर समायोजन भएको छ । समायोजनपछि सेयर कारोबारको मूल्य ७८४ रुपैयाँ २८ पैसा तोकेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको १०% बोनसमा मूल्य समायोजनपछिको भाउ ५४७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यता, महुली लघुवित्तको पनि २०% बोनस सेयर पछिको मूल्य नेप्सेले ७५० रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५०% बोनस सेयरपछिको भाउ नेप्सेले ३९१ रुपैयाँ ८६ पैसा तोकेको छ । यता, प्राइम कमर्सियल बैंकको समायोजनपछिको भाउ २४० रुपैयाँ ५२ पैसा निर्धारण भएको छ ।
जानकी फाइनान्सको २२% बोनस सेयर समायोजन पछिको भाउ १६३ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यता, युनाइटेड फाइनान्सको पनि ३% बोनस सेयर पछिको मूल्य १७१ रुपैयाँ ८४ पैसामा आएको छ । यिनै भाउलाई आधार मानेर सोमबार सात वटै कम्पनीको सेयर कारोबार खुल्ला हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्