
काठमाडौं – प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले साधारणसभा बोलाएका छन् । यी दुवै बैंकले एक्वायरको प्रस्तावसहित पुस २५ गते साधारणसभा बोलाएका हुन् । प्राइमको सभा राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ भने कैलाशको पनि सोहि दिन अमृतभोग पार्टी प्यालेस, कालिकास्थान काठमाडौंमा बिहान १० बजे नै सुरु हुनेछ ।
सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९४ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । यसर्थ, कैलाशको १०० सय कित्ता सेयर हुनेले अब प्राइमको ९४ कित्ता पाउनेछन् ।
बैंकको सभाले एक्वायर सम्बन्धी सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । एक्वायरपछि प्रइम कमर्सियल बैंकको नामबाट कारोबार हुनेछ ।
एक्वायर प्रक्रियाका कारण हाल प्राइम र कैलाश दुवैको सेयर कारोबार रोक्का छ । प्राइमले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १६% बोनस सेयर दिने निर्णय गरेको छ । सो प्रस्ताव पनि सभामा पेश गरिदैछ । सभा प्रयोजनका लागि प्राइमले पुस १४ गते बुक क्लोज गर्दैछ ।
कैलाशले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १६% बोनस र २.७७% नगद गरी कुल १८.७७% लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पनि सभामा पेश गरिदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्