×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राईम कमर्सियल बैंक र सेल पेबीच सम्झौता, खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको रिचार्ज पाउने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राईम कमर्सियल बैंक र सेल पेबीच सम्झौता, खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको रिचार्ज पाउने !

३० मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् ।
प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।
सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्धारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।
सन् २००७मा स्थापना भएको यस बैंकले ९९ शाखाहरु र ५४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: