Skip to content
LAXMI SUNRISE BANK

राजस्व छलि गरेको आरोपमा राजस्व अनुसन्धान विभागद्वारा १५ जनाविरुद्ध मुद्धा दायर !

अर्थ सरोकार

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलि गरेको अभियोगमा १५ जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध आइतबार सम्बन्धित जिल्ला अदालतहरुमा मुद्धा दायर गरेको हो  । 
विभागले सिराहा नगरपालिका वडा नं. ९१ स्थित गोमती गुट्खा उद्योगका सञ्चालक मोहन महतोसहित ३ जनाविरुद्ध  ५१ करोड ९३ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावीलिई सिराहा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । 
यस्तै जे.बि.सोलुशन प्रालिका संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्केसहित ५ जनाविरूद्द पनि विभागले मुद्दा दायर भएको छ । यस कम्पनीले झुट्टा तथा नक्कल विल प्रयोग गरी राजस्व छलि गरेको आरोप छ ।  मुद्दा दायर गरिएका उनीहरूलाई ३ करोड ७१ लाख रुपैयाँ राजस्व छलि गरेको र सोहि रकम नै विगो कायम गरी ३ वर्षसम्म कैद माग दावी लिई पुष ९ गते काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 
सि आर ट्रेडिंगको फर्म प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा न.पा. ९४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको छ । उनीहरु विरुद्ध १ करोड ५ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई ६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति मुद्दा दायर गरिएको हो । 
यस्तै काठमाडौंको नागार्जुन न.पा. (१) स्थायी घर भएका दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनी प्रालिका संचालक बासुदेब मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख ८९ हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई द्दद्द लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK