
काठमाडौँ – केन्द्रीय बैंकले २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८१ बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ५ वर्ष अवधिको नेपाल सरकारको २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८१ निष्काशन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा लगानीकर्ताले पुस १ देखि २१ गतेसम्म आवेदन दिन पाउने छन् । अर्थात पुस १ देखि बचतपत्र निष्काशन हुनेछ । उक्त बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६/६ महिनामा वार्षिक १० प्रतिशतका दरले दिनेछ । सो बचतपत्रको अवधि ५ वर्षको रहेको छ ।
राष्ट्र बैंकद्वारा निष्काशन हुने यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक, गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।
न्युनतम पाँच हजार रुपैयाँ र अधिकतम पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ । बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिन्छ । सो बचतपत्रमा लगानी गर्ने लगानीकर्ताले आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क लिन सक्नेछन् । राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन भर्न सकिनेछ । साथै , सिटिजन्स बैंकको कमलादी शाखा, नविल बैंकको तिनधारा शाखा, माछापुच्छ्रे बैंकको लाजिम्पाट शाखा, प्रभु बैंकको अनामनगर शाखा, सनराइज बैंकको गैह्रीधारा शाखा र सिद्धार्थ बैंकको हात्तीसार शाखाबाट आवेदन दिन सकिनेछ। त्यसैगरी सानिमा बैंकको नक्साल शाखा, सेन्चुरी बैंकको पुतलीसडक शाखा, प्रभु मनि ट्रान्सफरको लैनचौर शाखा र सेवा रेमिटको कुलेश्वर शाखाबाटसमेत आवेदन दिन सकिनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्