काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्नको लागि रेटिङ गरेको छ । इक्रा नेपालले यो आइपीओलाई मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ रेटिङ दिएको हो । रेटिङ गरेसँगै कम्पनीले अब नेपाल धितोपत्र बोर्ड आवेदन दिनुपर्नेछ । बोर्डबाट अनुमति पाएपछि आइपीओ जारी गर्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणमा बिक्री खुला गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
रिलायन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यही जारी पुँजीको ३०% रकम बराबरको आइपीओ ल्याउन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्