काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले शनिबार (मंसिर २१ गते) साधारण सभा बोलाएको छ । संस्थाले सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले १३% बोनस वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । यसैगरी, कर तिर्न थप ११ लाख २८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद पनि दिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १८ कराड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजानेछ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पेश गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरेको छ । मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । यस लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्