
काठमाडौं । बीमा बापतको रकम समयमा भुक्तानी नगरेको, कम्पनीले सार्है सास्ती दिएको लगायतका आरोप लगाउंदै बन्द भएको सगरमाथा इन्स्योरेन्स कम्पनीको चरिकोट शाखा सहमतिपछि खुलेको छ । आन्दोलनरत व्यवसायी र सहमतिसँगै केहि दिनदेखि बन्द रहेको कम्पनीको चरिकोट शाखा कार्यालयको ताला खुलेको छ ।
सेवाग्राहीसँग घुस लिएको अभियोग लागेपछि निलम्बनमा परेका दोलखा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको रोहबरमा उक्त सहमति भएको हो । सहमति अनुसार सगरमाथा इन्स्योरेन्सले पीडितको मागको सम्बोधन गर्नेछ भने आन्दोलनरत व्यवसायीहरुले इन्स्योरेन्स कम्पनीको ताला खोल्नेछन् । सेवाग्राहीसँग घुस खाएर निलम्बनमा परेका रिजालको समेत उक्त कार्यालयमा यो अन्तिम काम बन्यो।
बीमाक संघको विज्ञप्ति, ‘लगनपछिको पोते’
यता व्यवसायीहरुले ताला लगाउँदा सार्वजनिक रुपमा केहि पनि नबोलेको बीमाक संघ सहमति भएर इन्स्योरेन्स कम्पनीको ताला खुलिसकेपछि भने बोलेको छ । संघले आज कान्तिपुर दैनिकमा विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको र वातावरण सहज बनाईदिन आग्रह गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्