×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकका ७ शाखाहरूको औपचारिक उद्घाटन, कुल शाखा संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकका ७ शाखाहरूको औपचारिक उद्घाटन, कुल शाखा संख्या कति पुग्यो ?

१० पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकले देशको विभिन्न स्थानमा औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।
बैंकले पौष ८ गते मंगलबार सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ र त्यसैगरी बैंकले २०७६ पौष ९ गते बुधबार दमक अवस्थित राजमार्ग शाखा र मोरङ अवस्थित पथरी शाखको औपचारिक समुद्घाटन सम्पन्न गरेको हो ।
बैंकको राजविराज शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ सप्तरीका अध्यक्ष श्री अरूण प्रधान, कल्याणपुर शाखाको उद्घाटन खडग नगरपालिकाका उपमेयर श्रीमति यासमिंन सुल्तान, इनरूवा शाखाको उद्घाटन इनरूवा नगरपालिकाका मेयर राजन मेहता, महेन्द्र चोक शाखा र कञ्चनबारी शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, राजमार्ग शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओली र पथरी शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत र पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईबाट संयुक्त रुपमा भएको थियोे ।
बैंकले राजविराज शाखा गत २०७५ आश्विन ४ गते, कल्याणपुर शाखा गत २०७६ कार्तिक १५ गते, इनरूवा शाखा गत २०७६ भाद्र ३० गते, महेन्द चोक शाखा गत २०७६ मंसिर २ गते, कञ्चनबारी शाखा गत २०७६ वैशाख १६ गते, राजमार्ग शाखा गत २०७६ वैशाख १६ गते र पथरी शाखा गत २०७५ वैशाख ३१ गते नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पोस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: