काठमाडौं – सोल्टी होटलको २६.३१५% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । सोल्टीले पुस २४ गते बार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि होटलले बुधबार (मंसिर २५ गते) देखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंगलबारसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन् ।
सोल्टीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र ११.३१५% नगद वितरण गर्न लागेको हो । सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सोल्टी होटलको हाल चुक्ता पुँजी ७३ करोड २६ लाख ७५ हजार रुपैयाँ छ । प्रस्तावित १५% बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८४ करोड २५ लाख ७६ ६७५ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्