
काठमाडौँ – प्रहरीले दाङबाट १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई ५८ हजार ५ सय रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत, तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, बर्ष २८ का सिद्धान्त गुरुङ्ग, २८ वर्षकै रुपेशकुमार गुप्ता, बर्ष २९ का सन्दिप सेर्पाइली , तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठलगायतक व्यक्ति रहेका छन् ।
तुल्सीपुरमै कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले नगदसहित पक्राउ गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्