काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ८.४२% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ८.४२% नगद लाभांश दिने निर्णय गरेको हो ।कम्पनीले ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
युनाइटेड मोदीले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारणसभा बोलाएको छ । सभा युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेबाट १५ गतेसम्म बुक क्लोज गर्दैछ । यस अनुसार, पुस १० गतेसम्म कायम सेयरधनीले उक्त लाभांश सुरक्षित गर्न सक्नेछन् ।
हाल युनाइटेड मोदीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट नगद लाभांश प्रस्ताव गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्