
काठमाडौँ – वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आज (मंसिर ३० गते) देखि सुरु भएको छ । मर्जरपछि वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । यी दुवै वित्तीय संस्थाले गत भदौ १२ गते विशेष साधारणसभाको आयोजना गर्दै मर्जर प्रक्रिया टुंगो लगाएका थिए ।
गत फागुन २४ गते यी दुई संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको वोमी माइक्रोफाइनान्स २०६८ सालदेखि सञ्चालनमा आएको हो भने काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्त २०७४ मंसिर २४ गतेदेखि संचालनमा आएको हो । आपसमा मर्ज हुने क्रममा दुवै संस्थाको बोर्डको निर्णय र संयुक्त मर्जर समितिबाट नागरिक लघुवित्तको १०० कित्ता बराबर बोमी लघुवित्तको ७२ कित्ता सेयर कायम हुने गरी सेयर स्वाप अनुपातमा सहमति गरिएको छ ।
एकीकृत वित्तीय संस्थाको केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्तको कार्यालय नै हुनेछ । संस्थाको सीईओमा बोमी लघुवित्तका हालका सीईओले निरन्तरता पाउनेछन् ।
वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। वोमीले ३२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ भने नागरिकले १० जिल्लामाबाट सेवा दिइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्