आमा । कति मिठो शब्द छ । कति प्यारो शब्द छ । कति सुन्दर शब्द छ । कति ओझिलो शब्द छ आमा । नहोस् पनि किन, आमाभन्दा महान कोहि हुनै सक्दैन ।
१. तिमीलाई चोखो माया गर्ने केवल तिम्री आमा हुन् । अरु सबै भ्रम हुन् ।
२ . साथीहरु त चुम्बक जस्तै हुन्, तिमी ठिक हुँदा टासिन आउँछन्, खिया लागेपछि छोड्छन् । आमा मात्रै हुन्, जो सधैं तिम्रो दुखमा पनि तिमीसँगै हुन्छिन् ।
३ . आफ्नो त त्यो हो जसले रुन दिदैन । आमा त्यहि महान व्यक्ति हुन्, जसले आफु रोएर पनि तिमीलाई रुन दिंदैन । तिमी रोएको हेर्न सक्दिनन् ।
४ . घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन् । आमा भगवान हुन् । मायाले उनको प्रेम -पूजा गर ।
५ . सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन । मान तिमी कहिले पनि एक्लो हुनेछैनौ । यस्तो बेलामा पनि तिम्रो साथमा तिम्री आमा हुनेछिन् ।
६ . यो पूरै दुनिया जितेर पनि अर्थ छैन यदी तिमीले आमाको मन जित्न सकेनौ भने ।
७ . आमा : मेरो आयु पनि तिमिलाइ लागोस । एक पटक यहि प्रार्थना गर्नुहोस् ।
८ . सुखमा ताली बजनेने दश औला भन्दा त दुखमा आशु पुछिदिने एक औला नै ठुलो हुन्छ । मान त्यो औंला आमाको हो । मात्र आमाको