×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २३१.६८% ले वृद्धि !

LAXMI SUNRISE BANK

आशा लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २३१.६८% ले वृद्धि !

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आशा लघुवित्त वित्तीय संस्थाले खुद नाफा २ करोड ७० लाख ७९ हजार रुपैयाँ कमाएको छ ।  यो नाफा गत वर्षको तुलनामा २३१.६८% ले बढेको छ । गत वर्ष संस्थाले ८१ लाख ६४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६८.७०% र  २३.०५% ले बढेको छ । गत वर्ष ४ करोड ८९ लाख ९४ हजार रुपैयाँबाट खुद ब्याज आम्दानी रहेको संस्थाले यो वर्ष बढाएर ८ करोड २६ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालक नाफा १ करोड ६ लाख ८७ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।  
पुस मसान्तसम्म आइपुग्दा संस्थाको खराब कर्जा केही बढेको छ । संस्थाको खराब कर्जा १.५६%ले बढेर ३.९४% पुगेको छ । यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी